मुख्य समाचार

रानीपोखरीमा उपमेयरले लगाइन ताला, विद्यासुन्दरले हस्तक्षेप गरेको आरोप

रानीपोखरीमा उपमेयरले लगाइन ताला, विद्यासुन्दरले हस्तक्षेप गरेको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा अध्यक्ष भाइराम खड्गीको रोहबरमा रानीपोखरीमा सर्वसाधरणले ताला लगाएका छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीको पुरातत्वलाई मिचेर नयाँ ढंगमा पुर्ननिर्माण कार्य सुरु गरेपछि यतिबेला उनको चर्को आलोचना भएको छ ।

उपस्थित सर्वसाधरणको रानीपोखरी पहिलाकै अवस्थामा आउनुपर्छ र यसलाई कुनै पनि हालतमा विगार्नु हुन्न भन्ने चर्को माग रहेको छ ।  विद्यासुन्दर शाक्यलाई हरिप्रभाले चुनौती दिँदै भनिन्, ‘मेयरले यहाँ कसरी स्वीमिङ पुल बनाउँछन् हेरुम ।’ उनले आफू उपमेयर भएदेखि मेयरले सम्पूर्ण काममा हस्तक्षेप गरेकोसमेत आरोप लगाएकी छिन् । मेयरले आफ्नो कुनै पनि प्रतिबद्धता पुरा गर्न नदिएको उनको भनाइ छ ।

रानीपोखरीमा ताला लगाउन जम्मा भएका सर्वसाधरणको हालत निकै आक्रमक रहेको थियो । उनीहरुले पनि रानीपोखरीको मुहार कुनै पनि हालतमा बिगार्न नदिन चेतावनी दिएका छन् । रानीपोखरी जस्तो थियो त्यस्तै बनाउन जनताको माग रहेको छ ।

विशेष