मनोरञ्जन

सैफ–करिनाले आयोजना गरेकाे पार्टीमा जे देखियो

सैफ–करिनाले आयोजना गरेकाे पार्टीमा जे देखियो

सैफ अली खान र करिना कपूर खानले हिजो क्रिसमसका अवसरमा भव्य पार्टी राखेका थिए । केहि दिन अघि मात्र छोरा तैमुरको जन्म दिन मनाएका सैफ–करिनाले राति भव्य पार्टीको आयोजना गरेका हुन । 

सार्वजनिक भएका फोटोमा हेरेर अनुमान गर्न सकिन्छ कि पार्टी एकदम भव्य थियो भनेर । उक्त पार्टीमा थुप्रै धेरै कलाकारको आगमन भएको थियो ।

रमाईलो कुरात के छ भने उक्त पार्टीमा पुगेकाले करिना कपुरकी दिदी करिश्मा कपूरसँगै पार्टीमा पुगेका करिश्माका प्रेमी संदीपसँग भेट गर्ने अवसर पाएका थिए । यतिबेला करिश्मा र संदीपको प्रेमको चर्चालाई लिएर भारतिय सञ्चार माध्यममा पनि निकै चर्चा चल्न थालेको छ ।

तर करिश्मा र संदीपले आफू बिचको सम्बन्ध लुकाए पनि एक साथ देख्दा सबै चकित हुनुका साथै उनीहरुको बिच प्रेम सम्बन्ध रहेको प्रस्ट देख्न सकिन्छ ।

सबैसँगै भेट्ने मौकामा सैफकी बहिनी सोहा अली खान पनि आफ्ना पति कुणाल खेमु सँगै पुगेका थिए । कार्यक्रममा भाग लिनलाई सैफ अलीका जेठा छोरा इब्राहिम पनि पुगेका थिए । जो चर्चामा रहन खासै रुचाउँदैनन । इब्राहीमसँगै उनकी दिदी सारा अली खानलाई पनि पार्टीमा देखिएको थियो ।

विशेष