खेल

पोखरा र ललितपुरले इलिमिनेटरी राउण्ड खेल्ने

पोखरा र ललितपुरले इलिमिनेटरी राउण्ड खेल्ने

काठमाडौं । पोखरा राइनोजलाई चार विकेटले हराउँदै ललितपुर पेट्रियोट्स पनि इलिमिनेसन राउण्डमा प्रवेश गरेको छ । किर्तीपुर क्रिकेट मैदान टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै एकसय ३२ रन जोडेको थियो ।

मंगलबारको खेलमा सुनिल धमला र राजेश पुलामीमगरले ६६ रनको साझेदारे भने विनोद भण्डारीले १२ रनको योगदान दिए । त्यस्तै सुनिल धमलाले ७० रनको योगदान दिए ।

जवाफमा ललितपुरले २० ओभरमा चार विकेट गमाउादै लक्ष्य पूरा गरेको थियो । ललितपुरका जयकिसन कोल्सावालाले ५६ रनको योगदान दिए भने शंकर रानाले ३५ रन जोडे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २७ रनको योगदान दिए ।

जित पछि ललितपुर चार अंक बनाउँदै इलिमिनेटरी राउण्डमा प्रवेश गरेको छ । तेस्रो र चौथो राउण्डमा रहेका पोखरा र ललितपुरले इलिमिनेटरी राउण्ड खेल्ने छन् ।

विशेष