समाज

घर भित्र्याउन दबाब दिएपछि महिलाको हत्या

घर भित्र्याउन दबाब दिएपछि महिलाको हत्या

सिरहा । एक महिलाको हत्या अभियोगमा लहान–८ का २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन् । घटनाको २१ दिनपछि हरिवनबाट पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मिर्चैया बजारकी अंकिता यादवको हत्या गरेको अभियोगमा साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जुगेश्वर राउतले बताए । साह आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

मंसिर २१ गते लहानस्थित एक होटलमा अंकिताको शव फेला परेको थियो । ‘अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले हत्या गरेको खुलेको छ,’ राउतले भने ।

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

विशेष