मनोरञ्जन

महिलालाई दिने पारिश्रमिक विश्वभर असमान : प्रियंका

महिलालाई दिने पारिश्रमिक विश्वभर असमान : प्रियंका


एजेन्सी संसारभर न उस्तैै काममा महिला र पुरुषले पाउने पारिश्रमिकको दर समान छैन । अझ बलिउडमा त हिरो र हिरोइनले पाउले पसैमा आकाश जमिनको फरक छ ।

बलिउडमा पारिश्रमिकको मामलामा देखिने असमानताका बारेमा दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । यो सूचिमा प्रियंका चोपडा पनि थपिएकी छिन् । ग्लोबर स्टार बन्दै गएकी प्रियंकाले एक भारतीय पत्रिकासँग कुरा गर्दे महिला र पुरुषले पाउने पैसाबीचको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिने बताएकी छिन् ।

असमान पैसा ग्लोबल समस्या हो र हरेक पेशामा यो समस्या देख्न सकिन्छ, चाहे त्यो हलिउड होस् वा बलिउड । व्यापारिक क्षेत्रमा हेर्ने हो भने केटीले भन्दा केटाले बढी पाँउछन् । यो ठूलो समस्या हो र यो फिल्म क्षेत्रमा मात्र सीमित छ्रैन । फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ, प्रियंकाले भनिन् ।

फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुसी बनाए पनि आफूसँगै पनि देख्न पाँउदा थप खुसी लाग्ने बताएकी थिइन् । एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुसी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु । साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरु हिरोइन छैनन्, उनले भनेकी छिन् । उनले बलिउड यस विषयमा गम्भिर भएर छलफल गर्नुपर्ने बताएकी छिन् ।

विशेष