मुख्य समाचार

काठमाडौंका मेयर र उपमेयरको झगडा उत्कर्षमा पुग्यो, आफूखुसी नगर्न उपमेयरको चेतावनी

काठमाडौंका मेयर र उपमेयरको झगडा उत्कर्षमा पुग्यो, आफूखुसी नगर्न उपमेयरको चेतावनी


काठमाडौं। रानीपोखरी पुनर्निर्माणको विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच विवाद देखिएको छ।

ऐतिहासिक महत्त्वको रानीपोखरी पुनर्निर्माणमा प्रमुख शाक्यले आफूखुशी गरको भन्दै उपप्रमुख खड्गीले असन्तुष्टि जनाएकी हुन्। प्रमुख र उपप्रमुख निर्वाचित भएको सात महिना हुँदा प्रमुखसँग औपचारिक कार्यक्रममा दुई पटकबाहेक आफ्नो भेट नभएको खड्गीले बताइन्।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘शाक्यसँग अहिलेसम्म ‘वान टु वान’ वार्ता भएको छैन। पुरातत्त्व विभागले स्वीकृत गरेको नक्साविपरीत पुननिर्माणको काम अगाडि बढाएको उनको भनाइ छ।

ऐतिहासिक महत्त्व मेट्नेगरी भइरहेको रानीपोखरी पुनर्निर्माणको काममा आफ्नो असहमति रहेको उनले बताइन्। नगरप्रमुख शाक्य एकलौटी ढंगले अगाडि बढेको र रानीपोखरीको पहिचान मेट्न खोजेको उपप्रमुख खड्गीको आरोप छ।

‘रानीपोखरी पुनर्निर्माणबारे बाहिर कुरा आएपछि मैले सोध्दा उहाँले सल्लाह गरौँला भन्नुभएको थियो’, खड्गीले भनिन्, ‘अब म काम रोक्नेतिर लाग्छु। हाम्रो सम्पदा बिग्न दिन्नँ।’ उपप्रमुख खड्गीको कुरा सुनेपछि कार्यक्रममा सहभागी कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान र गगन थापाले पनि रानीपोखरी पुनर्निर्माणको काम तत्काल रोक्नुपर्ने धारणा राखे। यो खबर कारोबार दैनिकमा छ ।

विशेष