मनोरञ्जन

विराट र अनुष्कालाई राखीको कण्डम उपहार

विराट र अनुष्कालाई राखीको कण्डम उपहार


एजेन्सी । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली भर्खरै विवाह बन्धनमा बाँधिएका छन् । यी दुबै स्टारले भर्खरै इटालीमा विहे गरेका छन् । दिल्लीमा भव्य पार्टी दिइसकेका छन् । जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुलाई दाम्पत्य जीवनको शुभकामना दिए ।

अब प्रधानमन्त्री मोदीले आर्शिवाद दिएको चर्चापछि यो जोडी एक नायिकाको अनौठो गिफ्ट दिने कुराले चर्चामा छ । बलिउडकी हट एवं विवादास्पद अभिनेत्री राखी सावन्तले आफूले विराट र अनुष्कालाई कण्डम उपहार दिन चाँहेको कुराले अहिले बलिउड गर्माएको छ ।

राखीले भनेकी छन् की मेरो मनको इच्छा भनेको बेबी नामको जुन कण्डम ब्राण्डलाई म सिफारिस (एन्डोर्स) गरिरहेकी छु त्यो भनदा पहिला मेरो कस्टमर (ग्राहक) यो सेलिब्रेटी कपल अनुष्का शर्मा र विराट कोहली बनुन ।’

उनले अगाडि भनेकी छन्– विराट र अनुष्का दुबै निकै प्रिय जोडी हो र म चाहन्छु की दुबै सुरक्षित रहुन र अलग अलग फ्लेवर्स (कण्डम)का साथ आफ्नो सेक्सुअल लाइफको मजा लेउन ।

विशेष