मनोरञ्जन

करोडपतिबाट रोडपति भएका यी सेलिब्रेटहरु

करोडपतिबाट रोडपति भएका यी सेलिब्रेटहरु


काठमाडौं । विदेशीहरु मनी इज अ फनी थिङ भन्छन् । जति कमाए पनि रहिरहने होस पु¥याउन जानिएन भन करोेडपतिहरु रोडपति बन्न सक्छन् ।

केही सेलिब्रेटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरु जीवनको एक मोडमा ऋणी बनेका छन् । कोही त अझै ऋण चुक्ता गर्दै छन् । सूचीमा छन् अमेरिकी अभिनेत्री लिन्ड्से लोहान, पमेला एन्डरसन, बक्सर माइक टाइसन, अभिनेता डन जोनसन, गायिका टोनी ब्राक्सटन लगायत । तीन वर्षको छँदादेखि अभिनयमा लागेकी लिन्ड्से अभिनेत्रीका रुपमा सधैँ सफल रहिन् ।

उनी अभिनीत द प्यारेन्ट ट्रयाप फ्रिकी फ्राइडे, मिन गर्ल जस्ता फिल्म क्रिटिकल्ली र कमर्सियल्ली पनि राम्रा मानिए । तर, बिस्तारै उनका गतिविधि यस्ता भइदिए कि अभिनयभन्दा अड्डा अदालत, मुद्दा मामिला झयालखाना र सुधार केन्द्रतिर समय बढी बित्न थाल्यो ।

कुनै बेलाकी टिन सेन्सेसन लिन्ड्से सन् २००७ देखि समस्याको भुमरीमा परिन् । ड्रग, अल्कोहल र भोजभतेरले उनलाई नराम्ररी डुबाए । त्यसबाट बाहिर निस्किन खोज्दा उल्टै ऋणमाथि ऋण थपियो । साथीभाइको सहयोगले धानेन ।

कहिलेकाहीँ कार्यक्रमहरु पनि गरिन् । त्यसबाट केही भरगेथ भयो, तर, पुरानो छवि फिर्ता आएन । गायीका एवं अभिनेत्री कर्टनी लभको कथा पनि उस्तै छ । सन् २००९ मा कर्टनी ऋणमा डुबेकी थिइन् ।

ड्रगले उनलाई कानुनी उल्झनमा पारिदिएको थियो । सुपरस्टार बक्सर टाइसनलाई त हिरोबाट जिरोमा झरेका खेलाडीका रुपमै चित्रण गर्ने गरिन्छ । सेलेब्रिटी नेटवर्थका अनुसार कुनै बेला उनकोे कमाइ ३ सय मिलियन अमेरिकी थियो । त्यो रकम घटेर तीन मिलियनमा झर्नुको पछाडि उनको दाम्पत्य जीवनमा आइपरेको किचलोदेखि बलात्कारको घटनासम्म पर्छन् । श्रीमतीसँग छुृटिृएको केही समयपछि उनी बलात्कार पुष्टि भएर जेल परेका थिए । जेलबाट निस्किएपछि उनले बक्सिङ रिङमा प्रतिस्पर्धीको कान टोकेर तहल्का मच्चाए । म भिखारी भएको छु, माइक एकताका मिडियासँग भन्थे, बस्ने ठाउँ छैन, खाने चिज छैन । साथीहरुसँग हात फैलाउनुपरेको छ । शरणार्थी शिविरमा बसिरहेको छु । सुखमा मातियो भने केसम्म हुन सक्छ भन्नेबारे माइकको जिन्दगी गतिलो पाठ बन्न सक्ने न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

मायमी भाइस फिल्ममा लागि गोल्डेन ग्लोेब अवार्ड जितेका डन जोनसन चाहिँ चार पटक ब्यांकरप्सी मा परेका थिए । छोरी डाकोटाले उनको ऋण चुक्ता गर्न थालेको बताइन्छ । सन् १९९० को दशकमा औधि चर्चा कमाएकी गायिका टोनी ब्राक्सनलाई गीतको रोयल्टीले धान्न सकेन । उनको जीवनशैली साह्रै महँगो बन्न थाल्यो ।

अन्ततः सन् १९९८ मा उनले ब्यांकरप्सीको केस दर्ता गरेको समाचार सुन्नमा आयो । घर सजावटका लागि उनले गर्ने खर्च असामान्य हुने गथ्र्यो, चिटसिट डटकमले लेखेको छ, त्यही बानीले उनलाई खाली हात बनाइदियो । गायक एंव ¥यापर फिफ्टी सेन्ट पनि खर्चालु गतिविधिका कारण ब्यांकरप्ट बने ।

विशेष