मनोरञ्जन

चलचित्र “अनौठो प्रेम येशुको” को शिर्षगीत सार्वजनिक

चलचित्र “अनौठो प्रेम येशुको” को शिर्षगीत सार्वजनिक


काठमाडौं । नेपाली ख्रीष्टियन चलचित्र “अनौठो प्रेम येशुको” को शिर्षगीत सार्वजनिक भएको छ ।

सोमवार येशु ख्रीष्टको जन्मदिनको अवसरमा “यो सुन्दर फुल” बोलको गीतको भिडियो सार्वजनिक गर्दै निर्माण टिम अब प्रचारमा पनि अघि बढेको छ । हाइलाईट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक गीतको भ्यूअर्स र सकारात्मक प्रतिक्रियाले थप उत्साह मिलेको चलचित्रलको निर्देशक सन्तोष गजमेर भाञ्जाले बताए ।

पा कुमार तामाङ र सिनोरा को स्वर रहेको गीतको भिडियोमा सुरज लिम्बु र मेरी राईका साथै बालकलाकार एञ्जल लिम्बुलाई पनि देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मिना तामाङले गरेकी हुन् । सुरज, मेरी र एञ्जलका साथै चलचित्रमा सृजना गिरी, पा. दिपक लिम्बु, युवराज चौधरी, यसोधा मगर, पा। कृष्ण सुवेदी, ललिता महर्जन लगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक गजमेरले नै लेखेका हुन् । यहि नयाँ बर्षदेखी च्यारिटि शो सुरु गरिने भनिएको चलचित्र भ्वाइस अफ ख्रीष्टको प्रस्तुतीमा निर्माण भएको हो ।

विशेष