देश

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो, भाडादर एक हजार ५०

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो, भाडादर एक हजार ५०

भोजपुर । आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ। 

सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो।

दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको संघका कोषाध्यक्ष अर्जुन तामाङले जानकारी दिए। सो रुटमा चल्ने ट्याक्सीको भाडादर रु एक हजार ५० तोकिएको छ।

यातायात क्षेत्रमा रहेको अनियमित भाडादरलाई नियन्त्रण गर्दै सर्वसाधारणको सहज सेवाका लागिसमेत ट्याक्सी सञ्चालन गरिएको संघले जनाएको छ। यसअघि भोजपुर–धरान सडकखण्डमा बसले मात्र सेवा दिँदै आएको थियो।

विशेष