खेल

अपराजित यात्रा कायम राख्दै विराटनगर ईपीएल क्रिकेटको फाइनलमा प्रवेश

अपराजित यात्रा कायम राख्दै विराटनगर ईपीएल क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । बिराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा विराटनगरले भैरहवा ग्लार्डिटर्समाथि ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

टस हारेर पहिले व्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । भैरहवाका लागि सर्वाधिक ४९ रन पुनित मिश्रको नाममा रहयो भने अरिफ शेखले ४६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । भैरहवालाई सस्तोमा समेटन्वि राटनगरका खेलाडी करण केसी र शाह अदिशाले समान २-२ विेकट लिए ।

जवाफि व्याटिङ गरेको विराटनगरले १७ ओभरमा २ विकेटमा भेट्यो । विराटनगरका लागि सर्वाधिक रन बाबर हायाथले ६२ रन बनाए । त्यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रन बनाए ।

 

विशेष