युनाइटेड विरुद्ध तेस्राे मिनेटमै अग्रता लिए पनि बर्नली २–२ काे बराबरीमा

दाेस्राे स्थानमा रहेकाे म्यानचेष्टर युनाइटेड बराबरीमा राेकिएकाे छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएकाे खेलमा युनाइटेड बर्नलीसँग २–२ गाेलकाे बराबरीमा राेकिएकाे हाे ।
युनाइटेडका प्रशिक्षक जाेशेफ माउरिन्हाे भने खेलकाे उक्त नतिजापछि असन्तुष्ट रहेकाे बताएका छन् । युनाइटेडका प्रशिक्षक जाेशेफ माउरिन्हाे भने खेलकाे उक्त नतिजापछि असन्तुष्ट रहेकाे बताएका छन् । उनलार्इ खेलले दुखी बनाएपनि अाफ्ना खेलाडीप्रति भने खुशी रहेकाे प्रतिक्रिया दिएका छन् । उनले अाफ्ना खेलाडीले अन्तिम समयसम्म पनि प्रयास गरेकाे बताए । युनाइटेडका लागि लिंगार्डले ५३ अाैं र अतिरिक्त समयमा गरी दुर्इ गाेल गरे भने बर्नलीका लागि बर्नसले खेलकाे तेस्राे मिनेटमै र डिफाेरले ३६ अाैं मिनेटमा एक–एक गाेल गरे ।
मंगलबार राती नै भएका अरु खेलमा लिभरपुल, चेल्सी, वार्टफोर्ड र टोटनह्याम विजयी भए । त्यस्तै हडर्सफिल्ड र स्टोक सिटी, वेष्टब्रोम र एभर्टन र ब्रोनमाउथ र वेष्ट ह्यामले भने बराबरी खेले ।
english premier league