मनोरञ्जन

‘गाँजा बाजा’को पहिलाे गीत सार्वजनिक (भिडियोसहित)

‘गाँजा बाजा’को पहिलाे गीत सार्वजनिक (भिडियोसहित)

काठमाडाै‌ । फिल्म ‘गाँजा बाजा’को पहिलो गीत सार्वजनिक भएको छ । 'ह्याप्पी ह्याप्पी मुड' बोलको सार्वजनिक गीतमा निख एण्ड जटाको संगीत र जटावेदा बेनर्जीको स्वर छ । निर्माण कम्पनी डिआर फिल्मस् बाट जारी विज्ञप्तीमा फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउने उल्लेख छ ।

प्रदर्शन मितिसँगै फिल्म ‘गाँजा बाजा’को पहिलो गीत सार्वजनिक भएको हो । गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा निर्मित यो फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको अभिनय छ । ‘गाँजा बाजा’का निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

">

विशेष