कर्पोरेट

अर्थमुर्भसको नयाँ योजना, जेसीबी मेसीन २० प्रतिशत डाउन पेमेन्टमा

अर्थमुर्भसको नयाँ योजना, जेसीबी मेसीन २० प्रतिशत डाउन पेमेन्टमा

काठमाडौं । नेपालका लागि जेसीबी तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्ल् अर्थमुभर्स प्रालीले जेसीबी खरिदमा २० प्रतिशत डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी मेसिन खरिद गर्ने पाउने भएका हुन् ।

बुधबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा कम्पनीले उक्त कुराको जानकारी दिएको हो । जेसीबीको नयाँ अफरको लागि एमएडब्लु अर्थमुभर्सले एनसीसी बैंकसँग सहकार्य गरेको छ । बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेशराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साथै कम्पनीले ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी अभियान’ सुरु गरेको छ ।

स्थानीय र संसदीय निर्वाचको समापनसँगै विकास निमार्णको कामले तिब्रता पाउने भएकाले ग्राहकलाई २० प्रतिशत डाउन पेमेन्टमा विश्वसनीय उत्पादन दिन लागेको र उक्त अफरले जेसीबी खरिदमा सहजता ल्याउने एमडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले बताए ।

२००३ देखि बेलायती हेभि इक्विपमेन्ट ब्राण्ड जेसीबीको डिलरसीप लिएको कम्पनीले जेसीबीका एस्काभेटर, ब्याक लोडर, रोलर, कम्प्याकटर, ह्विल लोडर, लोडअल र रोबोटलगायतका उत्पान नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर ११ स्थानमा थ्रि एस सुविधासहितका शाखा, चार आधिकारिक विक्री केन्द्र र एक सय ६६ जना सर्भिस इन्जिनियरले सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जेसीबीले काठमाडौं, पोखरा, बुटवल, धनगढी, इटहरी, विरगञ्ज, चितवन, दाङ, सुर्खेत, र जनकपुरबाट विक्रि, मर्मत र स्पेयर पार्टसम्बन्धी सेवा दिँदै आइरहेको छ ।

विशेष