नमूना घर निर्माण गरी च्याउ उत्पादन शुरु
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ ।
नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएको र किसानले च्याउ उत्पादनको कार्य थालेको कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताए ।
च्याउ खेती गर्न इच्छुक कृषक समूह र किसानलाई व्यक्तिगत रूपमा च्याउ खेती गर्नका लागि अनुदान रकम दिईएको कृषि शाखा बेलौरीका प्रमुख मल्लले जानकारी दिए ।
छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ ।