स्वास्थ्य

डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख

डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं। नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा।उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

डा देवकोटाका बारेमा केही सन्चारमाध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भएपनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो ।

विभिन्न सन्चारमाध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सन्चारमाध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ ।

विशेष