स्वास्थ्य

सरुवा रोग अस्पतालमा छैन ‘आइसोलेसन वार्ड’

सरुवा रोग अस्पतालमा छैन ‘आइसोलेसन वार्ड’

काठमाडौं । सरुवा रोग हेर्ने मुलुककै एक मात्र केन्द्रीय स्तरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अत्यन्त संक्रामक रोगका बिरामीलाई छुट्टै राखेर उपचार गरिने ‘आइसोलेसन वार्ड’ विहीन छ ।

अस्पतालमा करिब ६ वर्षयता आइसोलेसन वार्ड बनाउने चर्चा चलिरहे पनि सरकारले सञ्चालनमा ल्याउन सकेको छैन ।

‘‘इबोला संक्रमणको चर्चा–परिचर्चापछि आइसोलेसन वार्ड बनाउने प्रक्रिया चले पनि हालसम्म पूर्णता पाएन,’ अस्पतालका प्रमुख डा। शेरबहादुर पुन भन्छन्, ‘बाहिरी मुलुकबाट द्रुत गतिमा सर्ने प्राणघातक रोग आउन सक्ने जोखिम कायमै छ ।

वर्षौंदेखि आइसोलेसन वार्डको अभाव खटकए पनि स्वास्थ्यमन्त्रीलगायत पदाधिकारीले चासो नदेखाउँदा मूर्त रुप लिन नसकेको अस्पतालका कर्मचारीहरूको गुनासो छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष