मनोरञ्जन

यसरी तताउँदैछ स्वेटरले जापानी बजार

यसरी तताउँदैछ स्वेटरले जापानी बजार

जापान । जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेट–२’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै स्टकमा सकिएको जनाएको छ ।

३ हजार ९ सय ८० जापानी येन पर्ने उक्त स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ । गत वर्ष जापानमा पहिलो पटक बजारमा ल्याइएको ‘भर्जिन किलिङ स्वेटर’ ले तहल्का मच्चाएको थियो ।

यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट केही पनि देखिँदैन । स्वेटरको पछिल्लो भागलाई केही तलसम्म पुर्‍याइएका कारण पछाडि पुठ्ठाको केही भाग देखिन्छ ।

यो स्वेटरको लेभलमा जापानी भाषामा कुमार पुरुषहरू यो स्वेटर लगाएपछि हेरेरै मर्नेछन् भनेर लेखिएको छ । गतवर्षको भन्दा परिमार्जित उक्त स्वेटर अझ बढी न्यानो र अझ बढी अंग देखिने खालको छ ।

जापानकी चर्चित मोडलले उक्त भर्जिन किलिङ स्विटर लगाएर खिचेका तस्बिर आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । व्यवसायिक सम्झौताअनुसार अपलोड गरिएका ती तस्बिर तथा भिडियो अचानक भाइरल भएपछि उक्त स्वेटर बिक्रीमा आएको केही बेरमै सकिएको थियो ।

विशेष