खेल

मेसीलाई पछि पार्दै ह्यारी केन बने सर्वाधिक गोलकर्ता

मेसीलाई पछि पार्दै ह्यारी केन बने सर्वाधिक गोलकर्ता

काठमाडौं । टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन् २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेको हुन् ।

यससँगै केनको गोल संख्या ५६ पुगेको छ। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन् । केनको ह्याट्रिकको मदतमा टोटनह्यामले साथउम्पटनलाई ५–२ गोल अन्तरले पराजित गर्‍यो। उसको जितमा बाँकी २ गोल डेली अली र हिउङ मिङ सोनले गरे ।

प्रिमियर लिगअन्तर्गत गएराति नै भएका अन्य खेलमा लिभरपुलले स्वान्सी सिटीलाई ५–०, चेल्सीले ब्राइटनलाई २–० र वाटफोर्डले लेस्टर सिटीलाई २–१ ले पराजित गरेका छन् । यसका अलावा म्यानचेस्टर युनाइटेड र बर्नली २–२, बर्निमाउथ र वेस्टह्याम ३–३, हफडर्सफिल्ड र स्टोक सिटीले १–१ तथा वेस्टब्रोम र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

विशेष