खेल

ईपीएलको फाइनल प्रवेशका लागि विराटनर र भैरहवा भिड्दै

ईपीएलको फाइनल प्रवेशका लागि विराटनर र भैरहवा भिड्दै

काठमाडौं। काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु हुँदैछन् ।

लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो । लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि आज पहिलो क्वालिफायर खेल्दैछ ।

पराजित टोलीले तेस्रो र चौथो स्थानमा रहेका ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीचको आजै हुने प्ले अफ् खेल विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

उक्त खेलको विजेता पनि फाइनलमा पुग्नेछ । इपिएल क्रिकेटको समुह चरणमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेका काठमाडौ किङ्स ईलेभेन र चितवन टाईगर्स भने समुह चरणबाटै बाहिरिएका छन् ।

हिजो भएका लिग चरणका अन्तिम खेलहरुमा भैरहवाले चितवनलाई पराजित गर्दा ललितपुरले पोखरालाई निराश पार्यो ।

विशेष