स्वास्थ्य

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा विनोदमान श्रेष्ठ तथा डा सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा। चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

डा किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

विशेष