मुख्य समाचार

एमाले स्थायी कमिटी बस्दै, यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । एमाले स्थायी कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउंसो १ बजेपछि बैठक बोलाइएको छ ।

माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने बिषयमा छलफल गर्न एमाले स्थायी कमिटि बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठन, माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचनसम्बन्धी अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल हुने एमालेले जनाएको छ । प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।

विशेष