इपिएल : विराटनगर र भैरहवा भिड्ने
काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा भैरहवा ग्ल्याडियटर्स पुगेको छ ।
बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनल प्रवेश गरेकाे हो । भैरहवाले उपाधिका लागि अब शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले ३ बल बाँकी छदा ७ विकेट गुमाएर भेट्टायो ।
अन्तिम ओभरमा १३ रन चाहिएकोमा लागि रोहित पौडेलले लगातार दुई छक्का हानेर भैरहवालाई जिताएका हुन् । उनी २८ रनमा नटआउट । यसअघि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
उपाधिका लागि भैरहवाले पर्सी शनिवार विराटनर वारियर्ससँग खेल्नेछ ।
क्वालिफायर राउण्डबाट सेमिफाइनलकाे पहिलाे खेलमा विराटनगर वारियर्ससँग भैरहवा पराजित भएकाे थियाे । त्यस्तै एलिमिनेशन राउण्डमा पाेखरालार्इ पराजित गर्दै ललितपुर सेमिफाइनलमा प्रवेश गरेकाे थियाे ।