खेल

म्यानचेस्टर सिटीकाे लगातार १८ औं जित, अंक दूरी १५

म्यानचेस्टर सिटीकाे लगातार १८ औं जित, अंक दूरी १५

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १५ अंककाे अग्रता लिन सफल भएकाे छ । लिगअन्तर्गत बुधबार राति भएकाे खेलमा न्युक्यासल युनाइटेडलार्इ १–० ले पराजित गर्दै दाेस्राे स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँगकाे अंक दूरी १५ पुर्‍याएको हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीको जितमा ३१ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो ।

सिटीले २१ पटक पोस्टर प्रहार गरेको थियो भने न्युक्यासलले ६ पटक । यो म्यानचेस्टर सिटीको लिगमा लगातार १८ औं जित हो । उसले प्रिमियर लिगमा समग्र तथा एकै सिजनमा लगातार धेरै खेल जित्ने कीर्तिमानलाई बढाउँदै लगेको छ ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४३ अंक छ ।

manchester city

विशेष