मनोरञ्जन

साम्राज्ञीविरुद्ध यी तीन नायिकाको मोर्चाबन्दी

साम्राज्ञीविरुद्ध यी तीन नायिकाको मोर्चाबन्दी


काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह हिरोइन मध्ये फ्यानफलोइङल अलि धेरै भएकी हिरोइन हुन् । एक्लै पनि फिल्मबोक्ने आँट राख्छिन् ।

तर, साम्राज्ञीको स्टारमडले फेरी परिक्षादिने बेलाआएको छ । उनको विरुद्ध तीन हिरोइन मैदानमा ओर्लिएका छन् । यसको मतलब साम्राज्ञी र तीन हिरोइन कुनै कुरामा झगडा गर्न लागेका भने होइनन् । साम्राज्ञीको फिल्म रिलिजहुने मितिमै उनीहरु अभिनीत फिल्मपनि रिलिजहुने भएपछि धेरैलाई जिज्ञासु बनाएको हो ।
भदौबाट रिलिजमिति सरेको साम्राज्ञी अभिनीत तिमीसँगले चैत्त २३ लाई प्रदर्शन मिति घोषणा गरेको थियो ।

यता वैशाख १४ माप्रदर्शन हुने घोषणा गरेको केकी अधिकारीको निमार्ण रहेको फिल्म कोहलपुर एक्सप्रेसले पनि सोही मितिमा रजनीकान्त र अक्षयकुमार अभिनीत २.० आउने भएपछि रिलिज मिति सारेर चैत २३ मै जाने घोषणा गरेको छ । फिल्ममा केकीसँगै ऋचाशर्मा र प्रियंकाकार्की पनि मुख्यभूमिकामा छन् । भएन त साम्राज्ञीका विरुद्धमा तीन हिरोइनको मोर्चाबन्दी ?

विशेष