मनोरञ्जन

नेपाली कलाकारलाई जापानले भिसामा गर्यो कडाइ, पारस खड्का पनि निगरानीमा

नेपाली कलाकारलाई जापानले भिसामा गर्यो कडाइ, पारस खड्का पनि निगरानीमा

काठमाडौं । पर्यटक भिसामा नेपाली कलाकार बोलाएर सांगीतिक कार्यक्रमगर्ने क्रम बढेपछि जापान जाने नेपाली कलाकार माथि निगरानी बढाउन थालिएको छ । पछिल्लो पटक कलाकार नम्रता सापकोटा, गायक सुगम पोखरेल र क्रिकेटर पारस खड्कापनि निगरानीमा परेका छन् ।

जापानको नागोयामा जनवरी ६ मानागोया ब्रदरहुडले आयोजना गर्न लागेको म्युजिकल नाइट सो २ कार्यक्रमका लागि जापान जानलागेका उनीहरुका साथै गायक प्रयत्न श्रेष्ठका पासपोर्टमा टेम्पोररी भिजिटर उल्लेख भएको भेटिएपछि उनिहरुमाथी निगरानी गरिएको हो ।  भिजिटर भिसामा लैजानु गैरकानुनी मानिन्छ ।

पर्यटक भिसामा कलाकार ल्याएर सांगीतिक कार्यक्रम गरी लाखौँ रकम कमाउने गरेको खुलासा भएसँगै कलाकारहरुलाई जापानमा भिसा कडा गरिएको छ । जापानमा सन् २०१७ सम्मको एक तथ्यांक अनुसार नेपाली कलाकारका रुपमा प्रवेश गरेका करिब पाँच सय जनाले शरणार्थी बन्न आवेदन दिएर बसेको पाइएपछि छानबिन गर्दा भिजिटरका रुपमा कलाकार आएर सांगीतिक कार्यक्रम गर्ने गरेको पाइएपछि यसरी आउने कलाकारमाथि निगरानी बढाइएको छ । टोकियोस्थित नेपाली दूतावासले पनि अवैध रुपमा कार्यक्रम गरेर बदनाम गर्नेहरुको खोजीगर्न थालेको छ ।

विशेष