खेल

रोनाल्डोले जिते चौथोपटक ‘ग्लोब सकर अवार्ड’

रोनाल्डोले जिते चौथोपटक ‘ग्लोब सकर अवार्ड’

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन्। बिहीबार राति युएईमा भएको एक कार्यक्रममा रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ पाएका हुन्।

युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसियसन अफ प्लयेर्स एजेन्टसले वार्षिक प्रदान गर्दै आएको यो अवार्डमा रोनाल्डोले चौथोपटक जितेका हुन्। रोनाल्डोले यसअघि सन् २०११, २०१४ र २०१६ मा यो अवार्ड जितेका थिए।

‘ग्लोब सकर अवार्ड’ अन्तर्गत आयोजकले वर्ष खेलाडीसहित अन्य १३ विधामा उत्कृष्ट हुनेलाई अवार्ड दिएको थियो। अवार्ड अन्तर्गत वर्ष क्लबको उपाधि रियल मड्रिडले जितेको छ भने उत्कृष्ट प्रशिक्षक रियल मड्रिडकै जिनेदान जिदान चुनिएका छन्।

यस्तै प्लेयर क्यारियर अवार्ड फ्रान्सिस्को टोटि र कार्लोस पियुसले संयुक्त रुपमा पाउँदा मास्टर कोच स्पेसल अवार्ड एथलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले पाएका छन् । लिग अफ दि इयर स्पेनिस ला लिगाले जितेको छ भने अरब बर्ष टिम साउदी अरेबियाले जितेको छ ।

रोनाल्डोले यो बर्ष फिफा बर्ष खेलाडी र बालोन डी ओरको उपाधिसमेत जितेका थिए

विशेष