मुख्य समाचार

कांग्रेसको कार्यसम्पादन बैठक बालुवाटारमा जारी, समानुपातिक सांसद छनोट मुख्य एजेण्डा

कांग्रेसको कार्यसम्पादन बैठक बालुवाटारमा जारी, समानुपातिक सांसद छनोट मुख्य एजेण्डा


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । चुनावको समिक्षा गर्न रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बैठक बोलाउन दबाव दिँदै आएका थिए ।

पौडेल र सिटौला पक्षका केही नेताहरूले चुनावमा पराजयको जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने, विशेष महाधिवेशन बोलाउनुपर्ने मागसमेत गर्दै आएका छन् ।
तर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकको मुख्य एजेण्डा भने प्रदेशसभातर्फको समानुपातिक सांसद छनोट रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिबारेसमेत छलफल हुने छ ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि उसले यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएकोछ ।

विशेष