मुख्य समाचार

कांग्रेस बैठक छाडेर देउवा लागे शीतल निवास, राजनीतिक गतिरोध अन्त्य हुुने

कांग्रेस बैठक छाडेर देउवा लागे शीतल निवास, राजनीतिक गतिरोध अन्त्य हुुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।

शुक्रबार बालुवाटारमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला शीतल निवासबाट राष्ट्रपतिले बोलाएपछि देउवा हतारहतार त्यसतर्फ लागेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका सम्बन्धनमा छलफल गर्न राष्ट्रपतिले बोलाएपछि देउवा शीतल निवास गएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रकाशशरण महतले जानकारी दिए।

सरकारले पेस गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले आजै स्वीकृत गर्ने सम्भावना छ। राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा हुनुपर्ने अडानमा रहेको एमाले एकल संक्रमणीय प्रणाली अपनाउन तयार हुने संकेतपछि राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गर्ने तयारी थालेकी हुन्।

पार्टी सभापतिसमेत रहेका देउवा बाहिरिए पनि बैठक भने जारी छ। कांग्रेस बैठकमा प्रदेशतर्फ निर्वाचित गर्ने समानुपातिक उम्मेदवार छनोटको गृहकार्य भइरहेको छ। निर्वाचन समीक्षा भने पछि नै बैठक बसेर गरिने महतले जानकारी दिए।

विशेष