मनोरञ्जन

तरकारीवाली र रेखाको भिडन्त वैशाखमा

तरकारीवाली र रेखाको भिडन्त वैशाखमा

काठमाडौँ । वैशाख २८ मा फिल्म हलमा रोचक भिडन्त हुने भएको छ, ‘लम्फू’ विरुद्ध ‘हिरो रिटर्न्स’ को । साताअघि मात्रै वैशाख २८ लाई रिलिज मिति तय गरेको फिल्म ‘लम्फू’ सँग सोही मितिमा अर्को फिल्म ‘हिरो रिटन्र्स’ को पनि रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो ।

रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको ‘हिरो रिटर्न्स’ लाई आशिष भेटवालले निर्देशन गरेका हुन् । निर्माणमा लामो समय लगाएको उक्त फिल्मका केही दृश्य पुनस् छायांकन गरी प्रदर्शनका लागि तयार पारिएको निर्माता समेत रहेका नायक श्रेष्ठले बताए ।

कमेडी एक्सन जानरामा बनाइएको फिल्ममा सविन र रेखासहित दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर, रोशन श्रेष्ठ, डीबी बम्जन, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठलगायतको अभिनय रहेको छ । पछिल्ला केही फिल्मबाट सफलता पाउन नसकिरहेका बेला ‘हिरो’ बाटै डेब्यु गरेकी रेखालाई भने ‘हिरो रिटन्र्स’ ले फेरि लाइमलाइटमा फर्काउने अपेक्षा गरिएको छ । तर त्यसका लागि गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ सँगको व्यावसायिक भिडन्तमा खरो उत्रनु पर्नेछ । ‘लम्फू’ मा कबिर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारीलगायतको अभिनय रहेको छ ।

मदनकाश्यप घिमिरेको सिनेमाटोग्राफी रहेको ‘हिरो रिटन्र्स’ को पटकथा शिवम् अधिकारीको हो भने चन्द्र पन्तको द्वन्द्व निर्देशन र मित्र गुरुङको सम्पादन रहेको छ । नायकतथा निर्माता सविन श्रेष्ठले ‘हिरो’ का पालादेखिका दर्शकको स्वादलाई समेत लक्षित गरी ‘हिरो रिटर्न्स’ रि–सुट गरेर बनाइएको दाबी गरे ।

विशेष