मनोरञ्जन

१८ वर्षपछि एकैसाथ अनिल कपुर र माधुरी दीक्षित

१८ वर्षपछि एकैसाथ अनिल कपुर र माधुरी दीक्षित

बलीवुड फिल्म क्षेत्रमा निकै जमेको एक सफल जोडी माधुरी दीक्षित र अनिल कपुरको जोडीलाई फेरि एकसाथ देखिने भएका छन् ।

१८ वर्षपछि यो जोडीलाई एकसाथ देख्न पाइएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ९० को दशकमा जमेको जोडी अनिल र माधुरीलाई हेर्न पाउने खवर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शकमा नयाँ अपेक्क्षा जागेको छ । फिल्म ˋटोटल धमालˊ मा दुइ जना आउने खवर सावृजनिक भईसकेको छ । यस फिल्ममा अजय देवगनलाई पनि देख्न सकिने बताईएको छ ।

केहि दिनअघि प्रसारण भएको एउटा अन्तर्वातामा कुरा गर्दै माधुरीले भनेकी थिइन् 'धेरै समय भएको छ कुनै कमिडी रोल नगरेको, तर फिल्मले चाहाना पुरा गरेको छ' । फिल्मलाई लिएर निकै उत्साहित रहेको उनकाे भनाई थियो । अनिल कपुर पनि फिल्मलाई लिएर निकै उत्साहित भएको बताईएको छ । फिल्ममा माधुरी र अनिल सँगै अजय देवगन, रितेश देशमुख, अरशद वारस् र जावेद जाफरीलाई पनि देख्न सकिन्छ ।

 

madhuri dixit anil kapoor

विशेष