मनोरञ्जन

‘शत्रु गतेको’ पहिलो गीत सार्वजनिक (भिडियोसहित)

‘शत्रु गतेको’ पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली फिल्म ‘शत्रु गतेको’ पहिलो गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक भएको हो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ । यसमा टंक बुढाथोकीले संगीत दिएका छन् ।

यस गीतमा स्वर भने टंक र मीना निरौलाको रहेको छ । गीतमा कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाहा, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा ठुम्का लगाएका छन ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ ।

">

विशेष