मुख्य समाचार

यातायात कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

यातायात कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी अनुमतिपत्र लाइसेन्सलाई नेपालीकरण गर्ने प्रक्रियामा गैरकानुनी रूपमा संलग्न भएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र एक शाखा अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियारले यसअघि पक्राउ परेका कर्मचारीको बयानका आधारमा कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यामलाल ढकाललाई बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका सहन्यायाधिवक्ता एवम् प्रवक्ता पद्मप्रसाद पाण्डेयले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाललाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्ने सन्दर्भमा भइरहेको छानबिनको निरन्तरतामा उहाँहरूलाई नियन्त्रणमा लिइएको हो । ’ अख्तियारले यातायात कार्यालयको निरीक्षण तथा खोजी गर्ने क्रममा दूतावासको सर्टिफिकेट तथा सिफारिसपत्र फेला पारेको थियो । सर्टिफिकेट र सिफारिसपत्र ठूलो मात्रामा फेला पारिएको अख्तियारले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

विशेष