मुख्य समाचार

राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन्।

सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता पाइरहेका छन्।

राष्ट्रपति कार्यालय एउटा उदाहरण मात्र हो, विशेष कामका नाममा प्रोत्साहन भत्ता खाने मन्त्रालय र कार्यालय मुलुकभरमा २६ वटा छन्। प्रभावशाली मन्त्रालय वा कार्यालयले सरकारलाई दबाब दिएर बर्षौदेखि विशेष कामका नाममा कामै नगरी प्रोत्साहन भत्ता खाइरहेका छन्। यसका लागि राज्यले वार्षिक २ अर्ब रुपैयाँ व्यायभार बोक्नुपरेको छ।

चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले यही प्रोत्साहन भत्ताका लागि एक अर्ब ५० करोड ४६ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ। विगतको खर्चलाई हेर्दा यो वर्ष ५० करोड रुपैयाँ थप्नुपर्ने व्यवस्था छ। विगतमा २ सय प्रतिशतसम्म रहेको प्रोत्साहन भत्ता अहिले तलब स्केलको ५० प्रतिशत छ।
नागरिक दैनिकबाट

विशेष