समाज

बालिका बलात्कारीलाई १० वर्षको कैद

बालिका बलात्कारीलाई १० वर्षको कैद

चौतारा। जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले बिहीबार विदुर गिरीलाई बालिका बलात्कार गरेको कसूरमा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

अपांगतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई घरमै बलात्कार गरेका थिए । घटनामा संलग्न दोषीमाथि गत कात्तिक ३ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

विशेष