इतिहासमा आज

स्वर्गीय राजा विरेन्द्रको जन्मजयन्ती

स्वर्गीय राजा विरेन्द्रको जन्मजयन्ती

स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औं जन्मजयन्ती राजावादी संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

जाउलाखेलमा रहेको राजा विरेन्द्रका शालिकमा विहान माल्यार्पण गरिएको छ । तत्कालीन राजा विरेन्द्र शाहले २०४६ सालको आन्दोलनपछि बहुदलको पुनर्वाहली गरेका थिए । उनलाई मानिसहरुले जनप्रेमी राजाको रुपमा लिन गरेका छन् ।

२००२ साल पुस १४ गते जन्मिएका पूर्वराजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

विशेष