समाज

शंकराचार्यमा नेपाली चेली

शंकराचार्यमा नेपाली चेली

काठमाडौं । भारतका प्रमुखचार मठमध्ये एक ज्योतिर्मठको शंकराचार्यको प्रतिस्पर्धामा उत्कृष्ट चारमा पर्न सफल भएकी छन् । मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अन्नतश्री विभुषी महामण्डलेश्वर वामी हेमानन्द गिरी । विश्वका सयजना उत्कृष्ट आध्यात्मिक गुरुहरुले मठको शंकराचार्य चयनको यो प्रक्रियामा भागलिएका थिए, जसबाट ५८ जना पारम्भिक छनौटमा परे । उनीहरुबाटै यो उत्कृष्ट चारको चयनभएको हो ।

नेपालकी महामण्डलेश्वर स्वामी हेमानन्द त्यही उत्कृष्ठ ४ मा पर्न सफल भएकीहुन् । हेमानन्द १२ सय वर्षको इतिहास माशंकाराचार्य पदका लागि दाबीगर्ने पहिलो महिला हुन् । शंकराचार्यका लागि उत्कृष्ट चारको नाम घोषणा भएपछि पथरी, शनिश्चरे स्थितआफनै निवासमा साप्ताहिकसँग कुराकानीगर्दै गिरीले बाल्यकालदेखि नै अध्यात्मप्रतिको लगावकै कारण आफू यहाँसम्म आइपुगेको कुरा बताइन् ।

मेरी हजुरआमा र आमा संन्यासी हुनुहुन्थ्यो, उनले भनिन्, आमा संन्यासी हुनुभएको पनि ३० आै‌ वर्ष भयो । सन्यासी कै घरमा मेरो बाल्यकाल बित्यो । लामो समय आध्यात्मिक गतिविधिमा बिताएकी हेमाले भारत तथा नेपालका हरेक क्षेत्रका तीर्थको भ्रमण गरेकी छिन् । भारतका धेरै तीर्थ त छँदै छ नेपाली बाबा तेजनाथ शर्माको नेतृत्वमा भएको पदयात्रामा मेचीदेखि महाकालीसम्मको यात्रा गरेकी छु गिरीले भनिन् ।

लामो आध्यात्मिक यात्रा र तप कै कारण दुई वर्षअघि गिरीलाई उज्जैनमा महामण्डलेश्वरको पदवीलाई लाखौं संन्यासीको सेनापतिका रुपमालिन सकिने उल्लेख गर्दै गिरीले भनिन्, यो आचार्य पद हो । गुरु पदहो । यसलाई लाखौं नागा संन्यासीको सेनापतिका रुपमालिन सकिन्छ । अध्यात्म, वाकशक्ति, नेतृत्वविकास, संरक्षणको क्षमता, अध्यात्मलाई विस्तार गर्न सक्ने क्षमता एवं विभिन्न क्रियाकलापलाई हेरेर मूल्यांकन गरी उच्च समितिबाट यो पदवी प्रदानगरिन्छ । हिन्दु धर्मको प्रचारप्रसारका लागि प्रभावशाली मानिने शंकराचार्य पदको अन्तिम प्रतिस्पर्धामा रहेकीगिरीले अब एक महिना भित्र यसको नतिजाआउने सम्भावना व्यक्त गरिन् ।

विशेष