सफलताको कथा

उदाइन् कमरेड कञ्चन !

उदाइन् कमरेड कञ्चन !

काठमाडाैं । नयाँशक्ति पार्टीका विद्यार्थी नेता आर एन श्रेष्ठ लेख्छन्ः माओवादी केन्द्रले कञ्चन दिदीलाई प्रदेश सभा सदस्य बनाएर बल्ल न्याय गरेछ । अझ उहाँजस्तो नेतृलाई प्रत्यक्ष टिकट दिनुपथ्र्यो ।

विपक्षी संगठनका नेताको नजरमा समेत आदर्श बन्न सफल कञ्चन खनाल माओवादी जनयुद्धताकाकी चर्चित नेतृ हुन् । भूमीगत जीवनमा चर्चामा रहने र शान्ति प्रक्रियामा आएपछि भूमीगत जस्तो बन्ने राजनीतिक परिवन्दमा परेकी कञ्चन खनाल सांसदको सूचीमा परेसँगै उनको राजनीतिक पुनरोदय भएको ठानिएको छ ।

माओवादी जनयुद्ध उत्कर्षमा थियो । चुल्हो चौकामा सीमित भनिएका महिला छापामार बनेर माओवादी शैलीमा भन्दा छलाङ्ग मारिरहेका थिए । मृत्यु वा मुक्तिको नारासहितको युद्धले कैयौँ भुँइ मान्छेलाई नेतृत्वमा पु¥यायो । त्यसै मध्येकी एक थिइन् कञ्चन खनाल ।

भूमीगत जीवन र जेलनेल भोगेकी कञ्चन जनयुद्धकालीन विद्यार्थी संगठनमा सबैभन्दा शीर्ष तहमा पुग्ने एकमात्र नेतृ हुन् । संघर्षको भट्टीमा होमिएकी कञ्चनले युद्धमा भौतिक संघर्षमात्र गरिनन्, जीबनसाथी गुमाउदाको अपार पीडा पनि खेपिन् । युद्धकालमा संघर्षको प्रतिकका रुपमा स्थापित कञ्चन शान्ति प्रक्रियामा आएसँगै ओझेल परिन् । उनीभन्दा धेरै कनिष्ठले मौकामा चौका हाने । कनिष्ठ दोहोराएर साँसद र मन्त्री बने । तर, कञ्चन झण्डै झण्डै गुमनामजस्तै रहिन् ।

नेपाल आजले ओझेलमा परेका नेतृको कथा समेट्ने सन्दर्भमा कञ्चनको कथा प्रकाशित गरेको थियो । उनको भावोत्तेजक कथाले निष्ठावान राजनीतिकर्मीका लागि राजनीति कति कठीन छ भन्ने प्रष्ट पार्दथ्यो/पार्दछ ।

२०६४ सालको निर्वाचनमा उनी समानुपातिकको सूचीमा थिइन्, तर सभासद् छान्नेक्रममा छुटिन् । ०७० मा कथा बेग्लै भयो । वैचारिक हिसावले मोहन बैद्य निकट रहेकी उनले बैद्य पक्षसँग पार्टी विभाजन गर्न नहुने अडान लिइन् । केही समय उनी झण्डै संगठन विहिन अवश्थामै रहिन् ।

०७४ को निर्वाचनमा कञ्चन प्रदेशसभाको समानुपातिक सूचीमा परिन् । पर्न त परिन् तर सूची उनका लागि पाच्य र सहज थिएन । उनीभन्दा कनिष्ठ भएपनि नेताहरुले आफ्ना छोरी (झक्कुप्रसादकी छोरी भावना) र श्रीमती (महेश्वर दाहालकी श्रीमती सिता)लाई उनको भन्दा अगाडि नाम राखेका थिए । समानुपातिकमा सूचीकृत भएपनि साँसद हुने बाटो सहज थिएन ।

पार्टी अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा, हितमान शाक्यलगायतले खनालको नाम छुटे लोकलाज हुने भन्दै उनको नाम राख्न लगाएको बुझिएको छ । कञ्चन छुटाउन नमिल्ने नैतिक अवश्थाका कारण उनको नामभन्दा अघि रहेका नेताका आफन्त र परिवारजनको नाम पनि साँसदमा परेको माओवादीका एक नेताले जानकारी दिए । कञ्चन खनालले साँसद छनौटको पछिल्लो विधिका बारेमा आफूलाई थाहा नभएको र प्रतिक्रिया दिइहाल्न हतार हुन सक्ने जनाइन् ।

र यो पनि
 - ‘मध्यरातमा सर्टको टाँक र बेल्ट खोल्न थालेपछि इन्स्पेक्टरको मुखमा थुकिदिएँ ’ युद्धकालकी चर्चित नेतृको बयान

 

विशेष