खेल

विराटनगरद्वारा भैरहवासामु १५० रनको लक्ष्य प्रस्तुत

विराटनगरद्वारा भैरहवासामु १५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं– राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १४९ रन बनाएको हो।

विराटनगरका लागि अशुंमन रथले ४१ बलमा ४१, पारस खड्काले २२ बलमा २७, हरीशंकर शाहले १७ बलमा २२ तथा प्रनित थापा मगरले १४ रनको योगदान दिँदा करण केशीले अन्तिम बलमा छक्का प्रहार गरी ३ बलमा ९ रन बनाए।

विराटनगरका ओपनिङ ब्याट्सम्यान आसिफ शेख आजपनि ७ बनाएर सस्तैमा आउट भए। त्यस्तै प्रतियोगिताकै सर्वाधिक रन बनााउने बाबर हयात आज ११ रनमै आउट भए । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २र२ तथा सरद भेषवाकर र आरिफ शेखले १र१ विकेट हात पारे। १५० रनको बिजयी लक्ष्यसहित भैरहवा केही छिनमा ब्याटिङमा उत्रदै छ ।

विशेष