मनोरञ्जन

मिनाक्षी महताराको के यो माया हो सार्वजनिक

मिनाक्षी महताराको के यो माया हो सार्वजनिक

काठमाडौं । नव गायिका मिनाक्षी महतारा के यो माया हो मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेकी छिन ।

विगत ४ बर्ष देखि इन्दिरा संगीत महाविद्ध्यालय पुल्चोकमा क्लासिकल संगीत सिकिरहेकी महताराले आफ्नो पहिलो गीत को म्युजिक भिडियो रिलिज गर्दै गीत गायन एबम अभिनयमा होमिएकी हुन् । सरोज पोखरेलको शब्द संगीत र आमोस तामाङको अरेन्जमेन्ट रहेको के यो माया हो को भिडियोकोअभिनयमा मिनाक्षीलाई भास्करले साथ दिएका छन् ।

चलचित फाटेको जुत्ताका निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको सिनेमाटो ग्राफी र बिकाश धमलाको सम्पादन रहेको छ सुर्खेत स्थायी घर भै ४ बर्ष देखि मुम्बईमा रहदै आएकी गायिका मिनाक्षीले सांगीतिक एल्बमको को लागी अन्य गीतहरुको रेकर्ड र अन्य भिडियो निर्माण को कामहरु भैरहेको बताए ।

विशेष