२५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ?
काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।
बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनमा खुलिसकेको छ। ‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ ।