१०७ जना व्यक्तिको हुबहु आवाज निकाल्न सक्छु (भिडियोसहित)
पक्कै पनि अरुकसैको आवाजलाई हुबहु कपि गर्नु सामान्य कुरा होइन । तर आशिष शाह ठकुरी यस्ता व्यक्ति हुन् जसले १०७ व्यक्तिको आवाज कपि गरेर सुनाउन सक्छन् त्यो पनि जस्ताको त्यस्तै । अचम्म हैन त ठकुरीको प्रतिभा । उनी यतिमा मात्रै सिमित छैनन् । रेडियो र टेलिभिजनमा विभिन्न हाँस्यव्यग्य कार्यक्रम पनि बनाउँदै आएका छन् । पछिल्ले समय उनी कान्तिपुर टेलिभिजनबाट प्रसारित हुन कार्यक्रम ट्वाक्कटुक्कमा बस्त छन् ।
कोरियन भाषा परीक्षा पास गरेर पनि उनले नेपाल छोड्न सकेनन् । उनलाई कलाकारिताले नेपाल छोड्न दिएन । उनीलाई कोरिया जान नपाएकोमा कुनै पछुतो भने छैन । अहिले कलाकारिता क्षेत्रमै मज्जाले रमाइरहेका छन् ।
तर, उनलाई यहाँसम्म आइपुग्न भने धेरै संघर्ष गर्नु पर्यो । इलाममा जन्मेका ठकुरी इलामकै रेडियो फिक्कलबाट जागिर सुरुगरेका थिए । उनको मनमा नयाँ केही गरौँ भन्ने हुटहुटी थियो । स्थानीय रेडियोको जागिर छाडेर उनी झापा पुगे । झापाको रेडियो सनराईजमा उनको हाँस्य कार्यक्रम सुरु भयो । ५–६ महिनापछि अरु केही गरौँ भन्ने सोचसहित झापाकै रेडियो भिजनमा प्रवेश गरे । उनलाई झापाले पनि बाँधेर राख्न सकेन । त्यसपछि लागे काठमाडौं ।
…धेरै दुख गरियो , अघि बढ्न कहाँ त्यति सजिलो छ र ? संर्घष गरेर अहिले यो ठाउँमा आईपुगेको छु । धेरै काम अझ गर्न बाँकिनै छ ।’ उनी आफ्नो विगत सुनाउँछन् ।
अहिले रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन र नेपाली टेलिश्रृङ्खलाहरुमा व्यसत छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ट्वाक्क–टुक्कबाट टेलिभिजनमा प्रबेश गरेका शाह पुस ६ गतेबाट जनता टेलिभिजनबाट समेत देखिएका छन् ।
हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो ६ गतेबाट जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो हाँस्य टेलिश्रृङला हरेक विहीबार बेलुका प्रसारण हुन्छ ।
आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशनमा तयार भएको यो श्रृङ्खलाका लेखन सहयोगी तथा सह निर्देशक आशिष ठकुरीको रहेको छ । टेलीटेलिश्रृङलामा ठकुरीबाहेक सुजन ढकाल, हरिसा बानियाँ , समिर सुबेदी, आइन्द्र लिम्बू लगायतका कलाकारले अभिनय गरेका छन् ।