अन्तत: पद्मावती प्रदर्शन हुने नै भयाे
भारतमा महिनौंसम्म विवादमा रहेकाे सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्मावतीले सेन्सर बोर्डबाट अनुमति पाउने भएकाे छ ।
सेन्सर बाेर्डले फिल्मकाे नाम परिवर्तन गरेर पद्मावत राख्न र चलचित्रबाट २६ वटा दृश्य हटाएन अादेश दिएकाे छ । उक्त निर्देशन मानेपछि मात्र फिल्मले युए प्रमाणपत्र प्राप्त गर्ने भएकाे हाे ।
यता उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन । करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भनेका छन्- 'पद्मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्नेछ ।'
६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए ।
padmavati