यी हुन् २०१७ मा समाजिक सञ्जालमा भाइरल बन्नेहरु
काठमाडौं । हरेक वर्ष कोही न कोहीले मिडिया बजार तताएकै हुन्छन् । यी हुन् विविध कारणवश यो वर्ष सामाजिक सञ्जालमा भाइरल बन्नेहरु ।
सीमा सुवेदी — यो वर्ष समाजिक सञ्जाल फेसबुकमा सीमा सुवेदीको भिडियोे सार्वधिक चर्चाको विषय बन्यो । नेपालीहरुलाई भारतको विरोध गर्नुअघि सय पटक सोच्नु र भारतहरुले भूकम्पका बेलामा सडकमा चन्दा दिएर सहयोग नगरेको भए के हुन्थ्यो भन्दै भिडियो सार्वजनिक गरेपछि नेपालीहरुको घृणाको ओइरो नै लाग्यो । असली गोर्खाली भारतीय नै भएका र नेपालीहरु भरतमा गएर भाँडा माझेर बसेर भारतीय गोर्खालीको बेइज्जत गरेको आशय बताएकी थिइन् । त्यसपछि समाजिक सञ्जाल र विभिन्न युटुब च्यानलमा सीमाको भिडियोसँगै सीमालाई गाली गरेर बनाइएको भिडियो पनि भाइरल बने ।
साकार अधिकारी — फेसबुक लाइभमार्फत सार्वधिक चर्चामा आएका र्यापर साकार अधिकारी पनि यस वर्ष भाइरल बने । साकारले भाइरल भिडियोमा प्रयोग गरेका ‘कट्टा हान्दे’ भन्ने शब्द अझैपनि मानिसको जिब्रोमा भुण्डिएको छ । हिपहपको नेपाली सांगीतिक दुनियाँलाई नेपहप भन्ने गरिन्छ नेपहपमा आफूलाई ‘लील बुद्ध’ को नाममा स्थापित साकारले फेसबुकमार्फत लाउरे(आकाश राना) देखि लिएर देशका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, क्विन एलिजाबेथ सम्मलाई गाली गरे । अस्ट्रेलियामा बसेको छोराको यस्तो हर्कतबाट निराश भएर साकारकी आमा सुनिता अधिकारीले अस्ट्रेलियामा मृत्यु भएका नेपालीहरुको लास नेपाल भित्र्याउन सहयोग गर्ने संस्थालाई आफ्नो छोरालाई नेपाल फर्काइदिन सहयोग गर भन्दै फेसबुकमा स्टाटस लेखेपछि उनी पनि लाइमलाइटमा आइन् ।
ब्रिटिस आमा — अन्नपूर्ण सर्किट ट्रेकमा अवस्थित देउराली टी सपकी साहुनीले एक कपचियाको मुल्य १ सय ५० भनेपछि ब्रिटिस महिला आक्रोशित भइ पैसा भुइँमा फ्यालेर साइनबोर्डको फोटो खिच्न थालेपछि ती नेपाली महिलाले आमाछोरा दुवैलाई लठ्ठीले खेद्दै र ढुङ्गा प्रहार गर्दै अप्ठ्यारो बाटोमा लखेटेको भिडियो सोसल मिडियामा सेप्टेम्बर र अक्टोबर महिनाभर भाइरल भयो । ब्रिटिस महिला गेम्मा विल्सन चियाको प्रिन्टेड मूल्य ५० रहेकोमा १ सय ५० लिएर ठग्न खोजेको भन्दै रिसाएकी थिइन् भने कपको साइजअनुसार ५० र १ सय ५० दुईवटा मूल्य रहेको चियापसले पासाङ गुरुङ बताउँछिन् ।
कार्टुन क्रु र सबिन कार्की(बिस्ट) — नेपालको चर्चित डान्स क्रु मानिने कार्टुन क्रु र सबिन कार्की(बिस्ट)को झगडाले पनि यो वर्ष समाजिक सञ्जालमा शिर्ष स्थान पायो । कार्टुन कु्रले सबिनलाई आफूहरुलाई विचल्ली पारेको आरोप लगाएपछि सबिनले प्रमाणसहित उनीहरुको कुराको विरोध गरेका थिए । ती भिडियोहरु समाजिक सञ्जालमा खुब चर्चित भए । पछि कार्टुन क्रुका सरोज अधिकारी र सबिन कार्की दुवैले भिडियोमार्फत नै माफी मागेका थिए । जसले गर्दा उनीहरुले चर्चासँगै आलोचना पनि निकै खेप्नुपरेको थियो ।
viral nepal