मनोरञ्जन

दीपीकाको दोस्रो कहिले ?

दीपीकाको दोस्रो कहिले ?

काठमाडौं । दीपीका प्रसाइँको डेब्यु फिल्म ऐश्वर्य हिट भएन, जसोतसो लगानीचाही उठायो ।

फिल्ममा एकल हिरोइन थिइन उनी । अभिनय र सौन्दर्यको धेरथोर चर्चा बटुल्यो पनि । यस हिसाबले उनलाई फिल्मको कमी नहुनुपर्ने । किनभने हामीकहाँ फिल्म फ्लप हुँदासमेत हिरोइनलाई भ्याइनभ्याई हुन्छ । तर, दीपीकालाई यस्तो मौका मिलेको छैन । र, अझसम्म पनि कुनै फिल्ममा औपचारिक रुपमा अनुबन्ध भएकी छैनन् ।

जानीजानीमा उनको अभिनय रहने भनिएको छ । तर, औपचारिक सम्झौता हनु बाँकी छ । फिल्म नपाउँदा कतिपय हिरोइन म्युजिक भिडियोमा व्यस्त हुन्छन । दीपिकालाई म्युजिक भिडियोमा समेत देखिएको छैन । फिल्म र म्युजिक भिडियो नपाएको हो कि नखेलेको ? उनी आफै जानून । तर फिल्मवृत्तमा उनको चर्चा सेलाउँदै गएको चाहिँ सत्य हो ।

 

विशेष