मनोरञ्जन

नीता ढुंगाना भन्छिन् म सेक्सी र हट गर्ल हुँ

नीता ढुंगाना भन्छिन् म सेक्सी र हट गर्ल हुँ

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री नीता ढुंगानाले आफूलाई सेक्सी हट गर्ल बताएकी छिन् ।

पोखरामा आयोजित एक कार्यक्रममा प्रस्तुति दिन पुगेकी नीताले प्रस्तुति दिन लाग्दा दर्शकको हुटिङ नपाएपछि उक्त कुरा बताएकी हुन् । ‘सेक्सी हर्ट गर्ल स्टेजमा देखिँदा तारिफ हुनुपर्ने, हुटिङ गर्नुपर्ने हो नि ? खोइ तपाईंहरू त मौन हुनुहुन्छ ?’ नीताले भनिन् ।

उनी नृत्य गर्न स्टेजमा पुगेकी थिइन् तर उनको नाममा दर्शकको हुटिङ आएनन् अनि नीता मुख खोल्न बाध्य भइन् । त्यसपछि भने दर्शकले उनलाई साथ दिएका थिए । चिसो मौसमको परवाह नगरी आकर्षक गेटअपमा देखिएकी नीता आफ्नो सुन्दरतामार्फत दर्शकलाई आकर्षित गर्न सफल मात्र भइनन्, दमदार नृत्य गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने क्रममा उनी दर्शकदीर्घासम्मै पुगिन् ।

विशेष