खेल

घरेलु मैदानमा बार्सालाई सेल्टाले बराबरीमा रोक्यो

घरेलु मैदानमा बार्सालाई सेल्टाले बराबरीमा रोक्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना घरेलु मैदानमै बराबरीमा रोकिएको छ । शनिबार बेलुका भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग आफ्नै मैदानमा २ – २ गोलको बराबरीमा रोकिएको हो ।

नाउ क्याम्पमा सेल्टाविरुद्ध एकतर्फी खेल खेलेपनि बार्सिलोना पहिलो हाफको २० मिनेटमै एक गोलले पछि परेको थियो । सेल्टाका इयागो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि पहिलो १ – १ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफमा दुवैले एक एक गोल गर्यो । दोस्रो हाफको ६२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई २ – १ को अग्रता दिलाए । तर, खेलको ७० औं मिनेटमा सेल्टाका मैक्सिमिलियानो गोमेजले एक गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।

घरेलु मैदानमा बराबरीमा रोकिएपनि बार्सिलोना ३६ अंक जोडेर लिगको शिर्ष स्थानमा यथावत छ । सेल्टा १८ अंक जोडेर लिगको आठौं स्थानमा छ । लिगको दोस्रो स्थानमा भ्यालेन्सिया र तेस्रो स्थानमा एथ्लेटिकको मड्रिड रहेको छ ।

विशेष