मुख्य समाचार

माडीको ‘खास लडाइँ’

माडीको ‘खास लडाइँ’

चितवन । साताअघि माडीकै बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन्, वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा वा कुनै ठूला नेता आएका छैनन् ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा ९प्रजातान्त्रिक० का उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा अहिले पार्टीका नेता–कार्यकर्ता प्रचार र घरदैलोमा केन्द्रित छन् ।

तर, भन्दा भरतपुर भनिए पनि यो क्षेत्रको खास लडाइँचाहिँ माडी फाँटमा भइरहेको छ ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष