मनोरञ्जन

विवाह बन्धनमा बाँधिए राजबल्लभ कोइराला

विवाह बन्धनमा बाँधिए राजबल्लभ कोइराला


काठमाडौं । नेपाली फिल्मका नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् ।

करिब एक दशकदेखि अमेरिका बस्दै आएका उनले प्रतिमा विमलीसँग विवाह गरेका हुन् । प्रितम पनि केही समयदेखि अमेरिका बस्दै आइरहेकी छन् । केही महिनाअघि इन्गेजमेन्ट गरेका राजबल्लब र प्रितमले आइतबार हिन्दू धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डमा विवाह गरेका हुन्।

फिल्म पर्खिबसेबाट रजतपटमा भित्रिएका राजबल्लभले धेरै नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन् ।

विशेष