देश

कतारमा अलपत्र परेकी युवतीलाई स्वदेश फर्काइयो

कतारमा अलपत्र परेकी युवतीलाई स्वदेश फर्काइयो

खोटाङ । चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ । 

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । 

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएका थिए । 

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग मागेकी थिइन् ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी मनराखी खाली हात नेपाल फर्केकी छिन् । ऋण काँढेर कतार पुगेकी उनी उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ । 

Qatar khotang

विशेष